झापाको कचनकवलमा एमाले र कांग्रेस मिलेर राप्रपालाई हराए


काठमाडौं, ४ जेठ । झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी विजयी भएका छन्। उनले ११४५७ मत ल्याएका छन्।

उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अन्जरा आलमले ६६६७ मत ल्याएका छन्।आलम अघिल्लो निर्वाचनमा अध्यक्ष चुनिएका थिए। तर यसपालि कांग्रेस र एमालेबीच गठबन्धन हुँदा आलम पराजित भएका हुन्। उपाध्यक्षमा गठबन्धनको तर्फबाटै एमालेका उम्मेदवार नवराज भट्टराई निर्वाचित भएका छन्।

उनले ८१४३ मत ल्याएका छन्।उनका प्रतिस्पर्धी राप्रपाकी निमसरी राजवंशीले ६८०२ मत ल्याएकी छन्। यसपालि कचनकवलमा राप्रपालाई हराउन भन्दै सरकार र प्रतिपक्षमा रहेका यी दुई दलबीच गठबन्धन भएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति