काठमाडौं– ३ मा एमालेको प्यानलै विजयी, वडाध्यक्षले ल्याए स्थापितको भन्दा ९३४ भोट बढी

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिका– ३ मा एमालेका प्रेमबहादुर थापा निर्वाचित भएका छन् । उनले मेयरमा एमालेबाटै उम्मेदवार बनेका केशव स्थापितको भन्दा ९३४ भोट बढी ल्याएका छन् ।थापाका प्रतिस्पर्धी कांग्रेसका राजेश अधिकारीले भने १५०८ भोट प्राप्त गरे ।

यो वडाबाट मेयरमा बालेन शाहलाई २३१९ भोट गयो भने एमालेका स्थापितले १२४१ भोट पाए । त्यस्तै कांग्रेसकी सिर्जनासिंहले ११४२ भोट पाइन् ।

काठमाडौं महानगरपालिको मेयरमा केशव स्थापित पछाडि परे पनि अहिलेसम्म परिणाम आएका चारवटै वडामा एमालेले जित निकालेको छ । अहिले काठमाडौंका ४, ६, २९, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति