रौतहटको राजदेवी नगरपालिका मेयर र उपमेयरमा नेकपा एकीकृतसमाजवादी विजयी

रौतहट ४ जेठ । रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका भिखारी यादब विजयी भएका छन् । यादबले ७०५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र सिंहले ३७०७ मत प्राप्त गरे । सिंह निवर्तमान नगरप्रमुख हुन् ।

उपप्रमुखमा पनि नेकपा एकीकृत समाजवादीकै राजकुमारी देवी विजयी भइन् । राजकुमारीले ५८४२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अर्चनाकुमारी यादबले ३१४९ मत प्राप्त गरिन् । उक्त नगरपालिकाको ९ वडा मध्ये १ र ९ मा कांग्रेस र ७ वटामा समाजवादीका उम्मेदवा वडाध्यक्षमा विजयी भए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति