भरतपुरमा १३४४ को मतान्तर सहित रेणु दाहाल अघि

चितवन ४ जेठ । देशभरमै सवैभन्दा बढी चर्चित भरतपुर महानगरपालिकामा जारी मतगणना सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाइरहेकी छन् ।

बुधवार बिहान २६०२६ मतगणना हुँदासम्म दाहालले १३४४ मतको अग्रता लिएकी छन् ।

रेणुले ९३६३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८०१९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१९१ मत पाएका छन् ।

उपमेयरमा चित्रसेन अधिकारीले १११३६ र हिमला गुरुङले ६५३५ मत पाएका छन् । मतगणना निकै सुस्त रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति