सांसद् बानियाका छोरा पेस्तोलसहित पक्राउ

  • खड्क सुनार

मुगु । नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य सांसद् मोहन बानियाका कान्छा छोरा पक्राउ परेका छन् । जिल्लाको खत्याड गाउपालिका वडा नम्बर ७ माझचौरमा सांसद बानियाका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन् ।

मंगलबार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षक जुनबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार पक्राउ परेका बानियालाई हाल प्रहरी चौकी माझ चौरमा राखिएको छ भने भोलि नै जिल्ला प्रहरी कार्यालम ल्याइ अनुसन्धान गरी हातहतियार कसुरसम्बन्धी कानुन बमोजिमको मुद्दा अगाडि बढाइने बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board