कर्णाली प्रदेशका ४९ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेस पहिलो दोस्रो माओवादी केन्द्र

काठमाडौं, ३ जेठ । कर्णाली प्रदेकका ७९ ओटा पालिका मध्ये ४९ पालिकाको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस पहिलो स्थानमा देखिएको छ ।

कर्णालीका तीन ओटा पालिकाको निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ४७ ओटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको हो ।

कांग्रेस २३ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ । दोस्रोमा रहेको नेकपा माओवादी केन्द्रले १४ पालिका जितेको छ । नेकपा एमाले सात पालिकामा जित हात पार्दै तेस्रो स्थानमा छ ।

नेकपा९एकीकृत समाजवादी०ले तीन पालिका जितेको छ । प्रदेशका दुई वटा पालिकाको नेतृत्वमा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् ।

कांग्रेसले जितेका पालिका

१ खार्पुनाथ गाउँपालिका (हुम्ला)– कर्णबहादुर रावल

२ कुमाख गाउँपालिका (सल्यान)– मानबहादुर बुढाथोकी

३ त्रिवेणी गाउँपालिका (सल्यान)– खिमबहादुर रावत

४ भैरवी गाउँपालिका ( दैलेख) – रिताकुमारी शाही

५ कनकासुन्दरी गाउँपालिका(जुम्ला) – दामोदर आचार्य

६ महाबु गाउँपालिका (दैलेख) – लक्ष्मण गुरुङ

७ ठूलोभेरी नगरपालिका (डोल्पा) – स्वर्णबहादुर बुढा

८ हिमा गाउँपालिका (जुम्ला) – लक्ष्मण शाही

९ तिलागुफा नगरपालिका (कालिकोट)– शंकरप्रसाद उपाध्याय

१० मुगूम कार्मारोङ गाउँपालिका (मुगु) – छिरिङ क्याप्ने लामा

११ सिद्धकुमाख गाउँपालिका (सल्यान)– भरत गिरी

१२ ठाटीकाँध गाउँपालिका (दैलेख)– रक्षबहादुर शाह

१३ कुशे गाउँपालिका (जाजरकोट) – हरिचन्द्र बस्नेत

१४ बाँफिकोट गाउँपालिका (रुकुम पश्चिम) – जनककुमार बाँठामगर

१५ चामुण्डा विन्द्रासैनी नगरपालिका (दैलेख) – गणेशकुमार शाही

१६ शारदा नगरपालिका (सल्यान) – प्रकाश भण्डारी

१७ शिवालय गाउँपालिका (जाजरकोट) – शेरबहादुर शाही

१८ पातारासी गाउँपालिका (जुम्ला) – पूर्णसिंह बोहोरा

१९ छायाँनाथ रारा नगरपालिका (मुगु) – विष्णुकुमार भाम

२० पञ्चपुरी नगरपालिका (सुर्खेत)– लालविर भण्डारी

२१ बराहताल गाउँपालिका (सुर्खेत) –भीम बहादुर भण्डारी

२२ लेकबेशी नगरपालिका (सुर्खेत) –उमेश कुमार पौडेल

२३ नरहरीनाथ गाउँपालिका (कालिकोट) – नगेन्द्रबहादुर विष्ट

माओवादीले जितेका पालिका

१ जगदुल्ला गाउँपालिका (डोल्पा) – नारासिङ रोकाय

२ मुड्केचुला गाउँपालिका (डोल्पा)– दत्तबहादुर शाही

३ नौमुले गाउँपालिका (दैलेख) – छविराम सुवेदी

४ ताँजाकोट गाउँपालिका (हुम्ला)– लालकेश जैसी

५ सानीभेरी गाउँपालिका (रुकुम पश्चिम) – बिर्खबहादुर विष्ट

६ नाम्खा गाउँपालिका(हुम्ला) – प्रेमबहादुर लामा

७ पलाँता गाउँपालिका (कालिकोट) – विष्णुबहादुर रोकाया

८ भगवतिमाई गाउँपालिका (दैलेख) – गणेश थापा

९ शुभकालिका गाउँपालिका (कालिकोट)– गोविन्दप्रसाद आचार्य

१० सिमकोट गाउँपालिका (हुम्ला) – विजय भण्डारी

११ सिंजा गाउँपालिका (जुम्ला) – पूर्णप्रसाद धिताल

१२ नलगाड नगरपालिका (जाजरकोट) – डम्बरबहादुर रावत

१३ बनगाड कुपिण्डे नगरपालिका (सल्यान) – कर्णबहादुर बुढाथोकी

१४ त्रिवेणी गाउँपालिका (रुकुम पश्चिम) – गणेशकुमार केसी

एमालेले जितेका पालिका

१ शेफोक्सुण्डो गाउँपालिका (डोल्पा)– धावा सम्डुङ गुरुङ(निर्विरोध)

२ गुराँस गाउँपालिका (दैलेख) – टोपबहादुर बिसी

३ डुङ्गेश्वर गाउँपालिका (दैलेख)– सुन्दरकुमार केसी

४ नारायण नगरपालिका (दैलेख)– लोमन शर्मा

५ जुनीचाँदे गाउँपालिका (जाजरकोट) – बेदबहादुर शाही

६ चिङ्गाड गाउँपालिका (सुर्खेत) – बोधविक्रम जिसी

७ भेरी नगरपालिका (जाजरकोट) – सिपी घर्ती

एकीकृत समाजवादीले जितेका पालिका

१ काइके गाउँपालिका (डोल्पा)– अंगतकुमार राना (निर्विरोध)

२ छार्काताङसोङ गाउँपालिका (डोल्पा)– सेनाङ गुरूङ (निर्विरोध)

३ कपुरकोट गाउँपालिका(सल्यान)– दुर्गा पुन

स्वतन्त्र उम्मेदवार

१ खाँडाचक्र नगरपालिका (कालीकोट)– कमलबहादुर शाही

२ सान्नी त्रिवेणी गाउँपालिका (कालीकोट) – मोहनबहादुर केसी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board