पाल्पा रिब्दीकोटमा कार्की र अधिकारी विजयी


रामपुर ३ जेठ :
पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायणबहादुर कार्की पाँच हजार ७०४ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का निवर्तमान गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले चार हजार ७२६ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्ता अधिकारीले पाँच हजार ४७९ मत ल्याएर निर्वाचित हुनुभएको छ । अधिकारीको प्रतिस्पर्धी एमालेकी लक्ष्मी खनालले चार हजार ९२६ मत प्राप्त गर्नुभएको छ । यस पालिकामा २०७४ को निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । यहाँ १६ हजार ३९५ मतदाता रहेकामा गत वैशाख ३० गते भएको निर्वाचनमा ११ हजार २५९ मत खसेको थियो ।

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति