प्रतिनिधिसभा बैठकः प्रि-बजेटमाथिको छलफल जेठ ४ र ५ गते हुने

काठमाडौँ, ३ जेठ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका लागि यही जेठ ४ र ५ गतेको दिन तोकिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेकाे, “आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्”, भनी प्रस्ताव प्रस्तुत गरे । सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्तावउपर छलफल गर्न जेठ ४ र ५ गतेको समय निर्धारण गरेका हुन् ।

बैठकले नेपाली कांग्रेसबाट विसं २०४८ र २०५१ को संसदीय निर्वाचनमा कपिलवस्तु जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित सदस्य विष्णुराज आचार्यको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । उहाँको ७४ वर्षको उमेरमा गत वैशाख १० गते असामयिक निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते (भोलि) दिउँसो १ बजे बस्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board