सिन्धुपाल्चोकको चौतारामा माओवादीका मेयर र समाजवादीकी उपमेयर निर्वाचित

काठमाडौँ, ३ जेष्ठ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयरमा नेकपा एकीकृत समाजवादीका सीता थापा निर्वाचित भएका छन् ।

यहाँ २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले एकलौटी जितेको थियो । यसपटक भने माओवादी र समाजवादीले चुनावी तालमेल गरेका थिए ।

मेयरमा निर्वाचित सापकोटाले ११ हजार ७२ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर नेपालले ६ हजार ७८५ र नेपाली कांग्रेसका केशवराज गिरीले ६ हजार २ सय ४५ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा नेकपा एकीकृत समाजवादीकी थापाले ९ हजार ७ सय २६ मत पाइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी बालकुमारी सापकोटाले ६ हजार ८७७ मत र नेपाली कांग्रेसकी तुल्सीकुमारी श्रेष्ठले ५ हजार ७ सय ६० मत पाएकी छिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति