गुल्मीमा कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

गुल्मी, ३ जेठ । गुल्मीका १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । जसअनुसार नेपाली कांग्रेसले पाँच पालिका नेकपा माओवादी केन्द्रले चार र नेकपा एमालेले तीनवटा पालिकाको प्रमुख जितेको छ ।

चार स्थानीय तहमा एमालेले उपप्रमुख जितेको छ भने दुईवटा स्थानीय तहमा नेपाली कांग्रेसले उपप्रमुख जितेको हो । नेपाली कांग्रेस विजयी भएका स्थानीय तहमा रेसुंगा नगरपालिका, गुल्मीदरबार, मदाने, इस्मा र कालीगण्डकी गाउँपालिका रहेका छन् ।

माओवादी केन्द्र चन्द्रकोट, धुर्कोट, मालिका र रुरुक्षेत्र गाउँपालिकामा विजयी भएको छ । एमाले निर्वाचित भएका स्थानीय तह छत्रकोट र सत्यती गाउँपालिका तथा मुसिकोट नगरपालिका रहेका छन् ।

कांग्रेसले चन्द्रकोट र मालिकामा उपप्रमुख जितेको छ भने एमालेले मदाने, धुर्कोट, कालीगण्डकी र रुरुक्षेत्र गाउँपालिकामा उपप्रमुख जितेको छ ।

गुल्मीका ९३ वडामध्ये कांग्रेसले ४७ वडाध्यक्ष जितेको छ । एमालेले ४० वडाध्यक्ष जित्दा माओवादी केन्द्रले चार वडाध्यक्ष जित्न सफल भएको छ । यस्तै राष्ट्रिय जनमोर्चाले र स्वतन्त्र उम्मेदवारले एक–एक वडाध्यक्ष पद जितेका छन् ।


२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले सातवटा स्थानीय तह, नेपाली कांग्रेसले चारवटा र माओवादी केन्द्रले एक स्थानीय तह जितेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board