कर्णालीका ७९ मध्ये ४० पालिकाको ननतिजामा नेका पहिलो, माके दोस्रो, समाजवादीको पनि खाता खुल्यो (पूरा विवरण)

सुर्खेत ३ जेठ । कार्णली प्रदेशमा रहेका ७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशमा मंगलबार दिउँसो १ बजेसम्मको परिणाम अनुसार ४० पालिकाको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाए अनुसार बांकी पालिकाको मतगणना जारी छ ।

प्रदेशमा हालसम्म सार्वजानिक नजिता अनुसार नेपाली कांग्रेस पहिलो दलका रुपमा रहेको छ। कांग्रेसले सबैभन्दा बढी १८ वटा पालिका प्रमुख जितेको छ भने दोस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्रले १३ पालिका प्रमुखमा जितेको छ ।

नेकपा एमालेले ५ वटा पालिकामा जितेको छ । एमालेबाट विभाजित भएको गठन भएको नेकपा एकीकृत समाजवादीले तीन वटा पालिकामा नेतृत्व पाएको छ । एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । उनी एकीकृत समाजवादी कालीकोटका उपाध्यक्ष रहेका व्यक्ति हुन् ।

१० जिल्लामध्ये अहिलेसम्म सुर्खेतका कुनै पनि पालिकाको मत गणना सकिएको छैन् । ०७४ सालमा कुनै पनि तह नजितेको माओवादीले दैलेखका दुई पालिकाका अध्यक्ष जितेको छ ।

एमालेले दैलेखमा अघिल्लो निर्वाचनमा जितेका भैरवी, भगवती र महाबु गाउँपालिका गुमाएको छ ।

कांग्रेसले यसअघि जितेको गुराँस र डुङ्गेश्वर गाउँपालिकामा यो पटक एमालेले जितेको छ । कांग्रेसले जितेको नौमुले गाउँपालिका माओवादीले जितेको छ ।

माओवादीको आधार इलाका मानिएको रुकुम पश्चिमका दुई गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । ६ स्थानीय तह रहेको रुकुम पश्चिममा ०७४ को स्थानीय निर्वाचनमा ६ वटै पालिकामा माओवादीले जितेको थियो ।यो जिल्ला अर्थमन्त्री जनार्दन शर्माको निर्वाचन क्षेत्र हो ।

अहिलेसम्म बाँफिकोट गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । माओवादीका प्रभावशाली नेता जनार्दन शर्माको गृहनगर मुसिकोटमा पनि कांग्रेसले शुरुआतदेखि नै अग्रता लिएको छ ।

एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले डोल्पाका दुई र सल्यानको एक पालिकामा नजिता निकालेको छ ।एकीकृत समाजवादीले देशभरबाट पूर्वको उदयपुर गढी र कर्णाली प्रदेशका सल्यानका कसपुरकोट मात्र प्रत्यक्ष जितेको हो । सासद धनबहादुर बुडाको डोल्पाका दुई पालिका भने निर्विरोध भएका हुन् ।

यसअघि माओवादीले वर्चश्व रहेको कालीकोटको तिलागुफामा एमाले–कांग्रेस गठबन्धनले माओवादीलाई पराजित गरेका छन् ।

माओवादी बलियो भएका रुकुम, सल्यान, कालीकोटलगायत जिल्लामा एमाले– कांग्रेस गठबन्धन भएको थियो । यो प्रदेशमा सत्तारुढ गठबन्धनको नीति कतै पनि पूर्ण रुपमा लागू भएन । अझ प्रमुख प्रतिपक्ष एमालेदेखि सत्ता नेतृत्व र्कांग्रेस देखि विपप्लव सम्म मिलेर माओवादीलाई पराजित गर्ने दिशामा गठबन्धन गरेका थिए ।

कांग्रेसले जितेका १८ पालिका

– ठूलोभेरी नगरपालिका, डोल्पा

– तिलागुफा नगरपालिका, कालीकोट

– महाबु गाउँपालिका, दैलेख

–भैरवी गाउँपालिका, दैलेख

– चामुण्डा विन्द्रासैन नगरपालिका, दैलेख

– ठाँटीकाँध गाउँपालिका, दैलेख

– खार्पुनाथ गाउँपालिका, हुम्ला

– कुमाख गाउँपालिका, सल्यान

–सिद्धकुमाख गाउँपालिका, सल्यान

– त्रिवेणी गाउँपालिका ,सल्यान

– शारदा नगरपालिका, सल्यान

–कनकासुन्दरी गाउँपालिका, जुम्ला

– पातारासी गाउँपालिका,जुम्ला

– हिमा गाउँपालिका, जुम्ला

– मुगुम कार्मारोंग गाउँपालिका, मुगु

–कुशे गाउँपालिका, जाजरकोट

– शिवालय गाउँपालिका, जाजरकोट

– बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम

माओवादी केन्द्रले ले जितेका १३ पालिका

– नौमुले गाउँपालिका, दैलेख

– भगवतीमाई गाउँपालिका, दैलेख

–ताँजाकोट गाउँपालिका, हुम्ला

– नाम्खा गाउँपालिका,हुम्ला

– सिमकोटमा गाउँपालिका, हुम्ला

– पलाँता गाउँपालिका , कालीकोट

– शुभ कालीका गाउँपालिका, कालीकोट

– जगदुल्ला गाउँपालिका, डोल्पा

– मुड्केचुला गाउँपालिका, डोल्पा

– नलगाड नगरपालिका, जाजरकोट

–बनगाड कुपिण्डे नगरपालिका, सल्यान

– सानीभेरी गाउँपालिका, रुकुम पश्चिम

–सिंजा गाउँपालिका, जुम्ला

एमालेले जितेका ५ पालिका
– नारायण नगरपालिका, दैलेख

– गुराँस गाउँपालिका, दैलेख

– डुङ्गेश्वर गाउँपालिका , दैलेख

– शेफोक्सुण्डो गाउँपालिका, डोल्पा (निर्विरोध)

– जुनिचाँदे गाउँपालिका, जाजरकोट

एकीकृत समाजवादीले जितेका ३ पालिका

– काइके गाउँपालिका, डोल्पा (निर्विरोध)

– छार्काताङसोङ गाउँपालिका , डोल्पा ९निर्विरोध०

– कपुरकोट गाउँपालिका, सल्यान

स्वतन्त्र – १
– खाँडाचक्र नगरपालिका, कालीकोट

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board