रोल्पाको सुनछहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

काठमाडौं, ३ जेठ । रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादीका धनबहादुर पुनमगर विजयी भएका हुन् ।

धनबहादुरले ३४३९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पुस्तमन घर्तीमगरले १५२३ मत ल्याए । तेस्रो भएको मंगोल अर्गानाइजेसनका भाज घर्तीमगरले १८१ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकी ननकला घर्तीमगर विजयी भएकी छिन् । उनले ३४९२ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कोमबहादुर बुढाले १६११ मत पाए । तेस्रो भएको मंगल अर्गनाइजेसनकी रतीमाला घर्तीले १७३ मत ल्याइन् ।

यो पालिकामा कांग्रेस एमालेले स्वतन्त्रलाई समर्थन गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति