बीपी, मदन भण्डारी र आजका प्रचण्ड

नेपाली कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म ल्याउने नायकहरू पुष्पलाल, मदन भण्डारी र प्रचण्ड लगायत हुन् । मदन भण्डारीः नेपाली राजनीतिले सम्झिरहने एक पात्र हुन आज २९ औ मदन-आश्रीत स्मृति दिवस, नेकपा एमालेले अन्य पार्टीले विभिन्न कार्यक्रम गरी मनाउदैछ ।

लेखक : आरबी खड्का

नेकपा एमाले चितवनले तत्कालीन महासचीव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीतको २०५० जेठ ३ गते रहस्यमय तथा षड्यन्त्रपूर्ण मृत्युपछि नेकपा एमाले पंक्तिमा मात्र होइन, आम जनता शोकाकुल बने । कास्कीको पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर फर्किने क्रममा दासढुंगामा दुर्घटना गाडी दुर्घटना परि निधन भएको थियो ।

समय परिवर्तनशील छ, समय बलवान पनि छ । सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ’ भन्ने मान्यता राख्ने जननेता भण्डारीले सिद्धान्तलाई कोरा रूपमा नभई जीवनका सांगोपांगो पक्षसँग जोडेर व्याख्या गर्ने हिम्मत गर्नुभएको थियो, जसको सिको भावी पुस्ताले गर्न जरुरी छ । कम्युनिस्ट कसरी असफल भए भन्ने दृष्टान्त जननेता भण्डारीको कार्यपत्रमै हेरौं । मदन भण्डारी एक सुप्रसिद्ध सिद्धान्तकार, राजनीतिज्ञ, लेखक र संगठक पनि हुन्।

नेपालको कम्युनिष्ट आन्दोलनको शान्तिपूर्ण यात्रामा भण्डारीको निकै ठूलो योगदान रहेको छ। मदन भण्डारी र जीवराज आश्रितको जसरी अवसर भयो, त्यो रहस्यमय छ, दरबार हत्याकाण्ड, दासढुंगाजस्ता काण्डहरु अहिलेसम्म रहस्यमय छ । एमाले पटक पटक सरकारको नेतृत्वमा गर्यो , तर मदन भण्डारीका हत्यारा किन पत्ता लगाउन सक्दैनौं ? बहुदलीय जनवादको मर्म र भावना के हो भन्ने विषयलाई एमालेका नेताहरूले कहिल्यै सोचेको पाइएन । रिसलाई नै राजनीतिको मूल मन्त्र बनाएपछि एमालेको हालत जे हुनु पर्दथ्यो, त्यो भइरहेको छ । यो अवस्थामा सम्पूर्ण एमालेजनहरूले मदन भण्डारीलाई सम्झिरहेका होलान् ।

नेपालमा कम्युनिस्टहरूले चुनाव जिते । संघ र प्रदेशहरूमा कम्युनिस्ट पार्टीका सरकारहरू बने । त्यसले मुलुकको राजनीतिमा स्थायित्व, सुशासन, राष्ट्रिय हितको प्रवर्द्धन, विकासजस्ता हाम्रा राष्ट्रिय प्राथमिकताको भविष्य सुनिश्चित बनायो । तर नेताहरूका सत्तास्वार्थ र अहंकारका कारण, केवल स्वार्थी अहंकारका कारण त्यो एकता र त्यसले देखाएको सम्भावना अर्को चुनाव देख्नै नपाईकन अकालमै एकै झड्कामा गर्ल्यामगुर्लुम ढल्यो । भनिन्छ, जंगलमा बाटो बिराइयो भने सबैभन्दा पहिले जहाँबाट बाटो बिराएको हो, त्यहीँ पुग्नुपर्छ । कम्युनिष्ट पार्टीको विगतका सन्दर्भमा पनि सबैका कमजोरी सुधार्न तयार हुनुपर्छ र वैचारिकरसैद्धान्तिक आधारमा पार्टी एकताका लागि तयार हुनुपर्छ । त्यसलाई स्वीकार गर्नेबित्तिकै समस्या समाधानको राजमार्ग खुलिहाल्छ ।

नेपालमा विष्णुका अवतार मानिने राजाको आसनमा मुलुककी एउटा साधारण परिवारबाट आएकी महिला बस्न सक्छिन् वा कुनैबेला उपत्यकाका इलिटहरुले “मस्याहा” भनेर सम्बोधन गरिने मधेसका एउटा साधारण परिवारका व्यक्ति राष्ट्रप्रमुख बन्न सक्छन भन्ने कुरा केही दशक पहिलेसम्म मानिसहरुका लागि कल्पनाकै विषय थियो १ माओवादी आन्दोलनको वलमा २४० वर्षदेखिको एकात्मक राजतन्त्रको अन्त्य भई गणतन्त्र आयो । संविधानले नागरिकका मौली हक सुनिश्चित गर्दै राजा महाराजमा निहित सार्वभौम सत्तालाई नागरिकको हातमा फर्कायो ।माओवादी केन्द्रको आठौं महाधिवेशन ११ पौष २०७८ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नै भनेका थिए, –‘प्रचण्डले गर्दा नै अहिलेको राजनीतिक परिवर्तन र संविधान आउन सम्भव भएको हो । के देशमा गणतन्त्र र संविधान ल्याएर माओवादीले अपराध गर्यो ?

बीपीले प्रजातान्त्रिक समाजवादलाई तथा मदन भण्डारीले जनताको बहुदलीय जनवादलाई मार्गचित्र बनाए भने प्रचण्डले जनवादी क्रान्तिको अभिन्न अंगका रुपमा मौजुदा राज्य व्यवस्था र समग्र शासन प्रणालीको पुनरसंरचनालाई मुख्य कार्यभार बनाए । राज्यको पुनरर्संरचना माओवादीले अगाडि सारेको एउटा अमूर्त वा सैद्धान्तिक एजेण्डा थिएन, पार्टीको तात्कालिक र ठोस कार्यभार थियो ।

आजको नेपाली समाजका कतिपय मानिसले प्रचण्डलाई गाली गर्नु र तत्कालीन समाजले बुद्धलाई समाज भाँडेको आरोप लगाउनु वा चर्च र पादरीले इसाई विश्वासका बिरुद्ध खगोल विज्ञानको अवधारणा अगाडि सार्ने ग्यालिलियो ग्यालिलियो होस् वा ईश्वरीय सृष्टिको धार्मिक मान्यताका बिरुद्ध जीव विकासको विकासवादी तथ्य अगाडि सार्ने चाल्स डार्बिनलाई गाली गर्नुका बिचमा तात्विक भिन्नता छैन ।

नेपाली इतिहासको सम्पूर्ण कालखण्डमध्ये प्रचण्ड त्यस्तो पात्र हुनुहुन्छ, जसले नेपालमा बस्ने आम मान्छेका लागि समानतावादी जनयुद्धको नेतृत्व गर्नुभयो । राज्यका सबै तह र निकायमा हस्तक्षेपकारी भूमिकाको अगुवाइ गर्दै उत्पीडित एवं सीमान्तकृत समुदाय एवं वर्गलाई राज्यको उपल्लो तहसम्म पुर्याउन ऐतिहासिक संविधान सभाको चुनाव मात्र गराउनु भएन, नयाँ संविधानमार्फत आम जनसमुदायलाई अधिकार सम्पन्न गराउने सङ्घीयता, धर्म निरपेक्षता, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था प्राप्तीमा तपाईंको योगदान अतुलनीय छ । इतिहास हाम्रा अगाडी छ । माक्र्स देखि लेनिन–स्तालीन माओ देखि अहिले ‘प्रचण्ड’ सम्म देशी विदेशी सक्तिले आफ्ना लालित–पालित प्रतिनिधिले विचार र नेत्तृत्व विरुद्ध हमला गर्दै आएको छ ।

समाजवादी क्रान्ति र रूपान्तरणको ऐतिहासिक कार्यलाई योजनाबद्ध र सफलतापूर्वक अघि बढाउनु मुलत मार्क्सवाद लेनिनवाद र माओवादमा आधारित हुदै सर्वहारा वर्गलाई हित गर्ने एकिकृत पार्टी बन्नु पर्छ । कमरेड मदन भण्डारी र पार्टीका संगठन विभागका प्रमुख कमरेड जीवराज आश्रितको दासढुंगामा अत्यन्त षड्यन्त्रपूर्ण र निर्मम ढंगले हत्या गरिएको थियो । म वहाँहरु प्रति सबभन्दा पहिले म हार्दिक तथा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु अखिल भारत नेपाली एकता मञ्च ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board