गिरिराजमणि पोखरेलको वडामै एमालेसँग माओवादी पराजित

महोत्तरी । नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ ।

माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा (एमाले)का उम्मेदवार विराट विष्टले पराजित गरेका हुन् । पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पोखरेलको वडामै माओवादी पराजित हुन पुगेको हो ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको उक्त वडामा झिनो मतले एमाले पराजित भएको थियो ।

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार गणेश बस्नेतलाई १२२ मतले उछिन्दै विष्ट विजयी भएका हुन् । विष्टले एक हजार ५१५ मत पाउँदा बस्नेतले एक हजार ३९३ मत प्राप्त गरेको छ ।

बर्दिबास–३ मा एमाले विजयी भएसँगै माओवादी केन्द्रले अहिलेसम्मको मत परिणाममा अघिल्लो निर्वाचनमा जितेका तीन ओटा गुमाएको छ भने नेपाली कांग्रेसले दुई वडा गुमाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति