एमालेलाई समाप्त पार्ने प्रयास पूर्ण रूपमा असफल भयो : शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनमा एमालेलाई समाप्त पार्ने सत्ता गठबन्धनको प्रयास पूर्ण रुपमा असफल पारिदिएको बताएका छन् । तर, अपेक्षा गरेजस्तो परिणाम भने प्राप्त नभएको बताए ।

दलीय प्रतिस्पर्धा भएको भए देशमा एमाले सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित हुने जनमतले प्रकट गरेको उनको तर्क छ ।

निर्वाचनको प्रारम्भिक चरणमै प्रहरी र कर्मचारी खटाउँदै सेटिङ गरेको आरोप पनि महासचिव पोखरेलले लगाए । परिणाम आएपछि एमालेले टिप्पणी नगरेको रुपमा चर्चा भएको भन्दै उनले त्यसको खण्डन गरे ।

मंगलबार आयोजित मदन–आश्रित स्मृति दिवसमा बोल्दै पोखरेलले परिणाम आउनुअघिदेखि नै एमालेले सरकारलाई खबरदारी गरेको बताए ।

उनले गठबन्धन दलका कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूमाथि आक्रमण गरेको पनि आरोप लगाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति