दैलेखको नारायण नगरपालिकामा एमाले विजयी

काठमाडौं, ३ जेठ । दैलेख सदरमुकाम रहेको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवारहरु विजयी भएका छन् । नगरप्रमुखमा एमालेका लोमन शर्माले ५४३६ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै तप्ताकुमारी थापाले ५६७३ मत ल्याएर विजयी भएका हुन् ।

एमालेबाट प्रमुखमा शर्मा विजयी हुँदा गठबन्धनबाट कांग्रेसका निर्मलाकुमारी खड्का ९थापा०ले ५३५७ मत प्राप्त गरेकी छन् । यस्तै, उपप्रमुखमा एमालेकी खड्का विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल पराजित भएकी हुन् । मल्लले ३८३८ मत प्राप्त गरेकी छन् भने उनी निवर्तमान उपप्रमुख समेत हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति