एमालेका देवकुमारले जिते बागलुङ ढोरपाटनको मेयर

काठमाडौं, ३ जेठ । बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार देवकुमार नेपाली निर्वाचित भएका छन्।

उनले ५७३५ मत ल्याएका छन्। यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रलाल अर्याल पराजित भए। उनले ५१३५ मत मात्रै ल्याएका छन्।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका धनबहादुर कायत विजयी भए। उनले ५६५० मत ल्याएका छन्।

उपमेयरमा एमालेका उम्मेदवार ताराकुमारी पुन ४८८४ मतसहित पराजित भएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति