रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा कांग्रेस उम्मेदवार निर्वाचित

रुकुम, ३ जेठ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जनककुमार वाठा निर्वाचित भएका छन् । वाठा ४ हजार ४ सय ५५ मत ल्याउँदै गाउँपाालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले ४ हजार ४ सय २४ मत ल्याए ।

उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसी निर्वाचित भइन् । केसीले ४ हजार ५ सय ६० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी कांग्रेस उपाध्यक्ष नन्दाकुमारी केसी नाथले ४ हजार १ सय ६० मत ल्याइन् ।१० वटा वडा रहेको बाँफिकोट गाउँपालिकामा ८ वटामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् भने दुई वडामा कांग्रेस विजयी भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति