सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका कर्णबहादुर थापामगर पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।
थापामगरले ९ हजार २३९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्व नेकपा एमालेका छत्रबहादुर दाहालले ८ हजार ४२ मत ल्याए ।
२०७४ मा उनै दाहालसँग १९ मतअन्तरले विजयी भएका थिए ।
उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका धनबहादुर पुलामी ८ हजार ३९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पदममाया तामाङले ७ हजार ९०८ मत पाइन् । उनी २०७४ मा उपाध्यक्षमै विजयी भएकी थिइन् ।
उपाध्यक्षमा विजयी पुलामी २०७४ मा माओवादीबाट अध्यक्षमा प्रतिस्पर्धा गरेर तेस्रो भएका थिए ।
तीन पाटन गाउँपालिकाको ११ वडामध्ये ९ वटा वडामा कांग्रेस वडाध्यक्षसहित प्यानलै विजयी भएको छ भने वडा नं १ र ५ मा एमाले विजयी भएको छ ।
प्रतिक्रिया