सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगर ३ को वडा अध्यक्षमा काङ्ग्रेसबाट भद्रा माझी निर्वाचित भएकी छिन ।
उनी जिल्लाकै पहिलो महिला वडा अध्यक्ष बनेकी छिन । वडा अध्यक्ष बनेपछि भद्रा माझीले प्रतिक्रिया दिदै भनिन, ‘नेपाली काङ्ग्रेसको प्रतिनिधि भएर होइन, दुधौली नगरपालिका ३ का वडाबासीहरुको प्रतिनिधि भएर काम गर्ने छु ।’
वडाबासीका समस्याहरुका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै माझीले बिजयी सभामा भनिन। ‘वडाबासीहरुको हक र अधिकारका लागि संघर्ष गर्नेछु । वडाको विकास र समृद्धिको लागि खट्ने छु ।
प्रतिक्रिया