ओखलढुंगामा जसपाले गाउँपालिका जित्यो

काठमाडौं । मधेस केन्द्रित दलहरुले पालिका जित्न नसकेको खबरहरु आइरहँदा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पनि पहिलोपटक गाउँपालिका जितेको छ ।

जनता समाजवादी पार्टीबाट पहिलो गाउँपालिका अध्यक्ष बन्ने सौभाग्य गम्बु शेर्पालाई गएको छ ।

उनी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा इतिहास रच्दै छाता चिन्हबाट गाउँपालिका अध्यक्ष निर्बाचित भएका हुन ।

७ वटा वडा कांग्रेसले जितेको भए पनि गम्बु शेर्पा गाउँपालिका अध्यक्ष हुन सफल भएका छन् ।

उनले २८८२ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र बस्नेतले २७५२ मत ल्याए ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका सुशिला तामाङ विजयी भइन् । उनले २८२४ मत ल्याइन् । जसपाकी मान कुमारी तामाङले २२४१ मत ल्याइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति