लिखु तामाकोसी गाउँपालिका–७ को वडाध्यक्षमा कैलाश दर्लामी विजयी

रामेछाप । एमालेको गड मानिएको रामेछापको लिखु तामाकोसी गाउँपालिकाको वडा नं. ७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कैलाशकुमार दर्लामी निर्वाचित भएका छन् ।

अध्यक्ष दर्लामीसहित माओवादीबाट उम्मेदवार पूरै प्यानलले वडामा जित हासिल गरेको छ । यसअघि सो वडामा पनि एमालेले जितेको थियो ।

वडा सदस्यहरुमा महिला सदस्यमा कल्पना पाण्डे, दलित महिला सदस्यमा डम्बरकुमारी रसाइली, खुला सदस्यमा सरोज आलेमगर र विक्रम तामाङ छन् ।

सांगठनिक रुपमा माओवादी केन्द्र कमजोर रहेको सो वडामा माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार दर्लामीको सेवाभाव र इमान्दार व्यक्तिको परिचयका कारण प्यानल नै विजय भएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति