प्यूठान, २ जेठ । प्यूठानको माण्डवी गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादी केन्द्रका नवराज अधिकारी विजयी भएका छन् । एमाले उम्मेदवार श्रीधर रोकालाई पछाडि पार्दै गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नवराज विजयी भएका हुन् ।
अधिकारीले ३६७६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेका श्रीधर रोकाले ३४१९ मत प्राप्त गरे । यस्तै गाउँपालिका उपाध्यक्षमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पुर्णप्रसाद कालाथोकी विजयी भएका छन् । कालाथोकीले ३५८६ मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी एमालेकी सम्झना घर्तीले ३३१२ मत ल्याइन् ।
प्रतिक्रिया