बानपा १२ मा :स्वतन्त्र उमेदवार कोपिलामणी शर्माको पुरै प्यानल विजयी


काठमान्डौ जेष्ठ २,
बाग्लुङमा गठबन्धन विरुद्ध बागि हालेका स्वतन्त्र उम्मेदवारको प्यानलै विजय भएको छ । बाग्लुङ नगरपालिका वडा नः १२ मा काँग्रेस माओवादी केन्द्र र नेकपा एसको संयुक्त गठबन्धनका विरुद्ध नेपाली कांग्रेसबाटै बागी उम्मेदवारी दिएका वडाध्यक्षसहितको पुरै प्यानल विजयी भएको हो ।

सत्ता गठबन्धनको सहमतिअनुसार राष्ट्रिय जनमोर्चालाई परेको वडामा काँग्रेसले प्यानलसहित बागि हालेको थियो । ५ दलका आधिकारिक भनिएका जनमोर्चाका लोकनाथ शर्माबिरुद्ध बागि हालेका कांग्रेसका पुराना र निष्ठावान नेता कोपिलामणी शर्मा १०८७ मत ल्याएर वडाध्यक्ष बनेका छन भने उनिसँगै मुडा चिन्ह लिएर मैदानमा उत्रिएका चारैजना सदस्य समेत विजयी हुदाँ ५ दलको आधिकारिक भनिएका शर्माले १४५ मतमात्रै प्राप्त गरेका छन ।

यस्तै ५ दलका विरुद्ध एक्लै एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका गुरु प्रसाद पाठकले ६७१ मत प्राप्त गरेका छन । केन्द्रदेखिकै निर्णय भन्दै बाग्लुङमा पनि सत्ता गठबन्धनमा रहेका ५ वटै दल संयुक्त चुनावी मैदानमा थिए । जिल्लाका पालिकामध्ये बाग्लुङमा मेयर काँग्रेस उपमेयर माओवादी केन्द्र र वडा नः १२ को अध्यक्षमा राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दिने सहमति बनेपनि काँग्रेसले जनमोर्चाको उम्मेदवारलाई अस्विकार गर्ने भन्दै स्वतन्त्र रुपमा प्यानलै बनाएर मैदानमा आएको थियोे ।

५ दलीय गठबन्धनलाई अस्विकार गर्र्दै प्यानलै बनाएर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका शर्मा र उहांको प्यानलका सबै सदस्य हरुले आउदो कार्यकाल जनताको मनोभावना बुझेर काम गर्ने छन भनेर अपेक्षा गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board