महोत्तरीको बर्दिबासमा कांग्रेसका बागी उम्मेदवारको बर्चस्व

  • विशाल बस्नेत

महोत्तरी । बर्दिबास नगरपालिका–१३ मा कांग्रेसका बागी उम्मेदवार लक्ष्युमण सिंह वडा अध्यक्षमा विजयी भएका छन् ।

जेब्रा चिन्हबाट प्रल्हाद क्षेत्री प्यानलमा कांग्रेसबाट बागी उम्मेदवार दिएका सिंह निकटम् प्रतिद्वन्द्वीलाई ३६ मतले उछिन्दै विजयी भएका हुन् ।

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार सिंहले ४४७ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवारले ४११ मत प्राप्त गरेका छन् ।

बर्दिबास नगरपालिकाको वडा नम्बर ७, ८, १ र १३ मा मतगणना गर्दा वडा नम्बर ८ मा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ भने बाँकी १, ७, १३ मा बागी उम्मेदवारहरुले नै जित हासिल गरेका छन् ।

नगरमा पनि बागी उम्मेदवार प्रल्हाद क्षेत्री नै अगाडि छन् । उनी निकटम् प्रतिद्वन्दीभन्दा दोब्बर मतले अघि छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति