काठमाडौँ महानगरपालिकामा ७हजार ६९३ मत ल्याएर बालेन्द्र अगाडी


काठमाडौँ, २ जेठ :
काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन् । केही समय अघि प्राप्त मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ७हजार ६९३ मत प्राप्त गरी आफ्नो अग्रता कायम राख्नुभएको हो ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४हजार १३८ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३ हजार ६२० मत प्राप्त गर्नुभएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो ।

एमालेको तर्फबाट उपप्रमुख पदका उम्मेदवार सुनिता डङ्गोलले ६ हजार ५५७, उपप्रमुखकै लागि नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले एक हजार ८५५ मत प्राप्त गर्नुभएको छ । हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा ६ स्थानबाट कामपाको मत गणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मत गणना कार्य जारी छ ।

वडा नम्बर १ र २ को मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय हुनुभएको छ । त्यसैगरी वडा २ मा एमालेको तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजय हुनुभएको छ । हाल कामपामा १८ हजार ८०८ मतणाना भइसकेको छ ।



–––

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board