अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको अध्यक्षमा कांग्रेसका चन्द्रमान विजयी

काठमाडौं २ जेठ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्रमान श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले ७ हजार ४०७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका दीपक पन्थीले ७ हजार २२४ मत ल्याएर पराजित भएका छन् ।

यो नगरपालिकाको उपमेयरमा भने नेकपा एमालेको उम्मेदवार मनी पन्थी विजयी भएकी छिन ।

पन्थीले ७ हजार ५१९ मत ल्याउँदा कांग्रेसकी इन्दिरा भुसालले ७ हजार २३५ मत ल्याएकी छिन् ।

८ वटा वडा रहेको यो गाँउपालिकाको ५ नम्बर, ६ नम्बर र ७ नम्बरको वडा अध्यक्षमा कांग्रेसले जितेको छ भने बाँकी सबै वडामा एमालेले जितेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति