नेपाल – भारतबीच भएका ६ सम्झौतामा के के विषय छन् ?

काठमाडौँ २ जेठ— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार भएको लुम्बिनी भ्रमणका क्रममा नेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ ।

भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरेको वक्तव्यअनुसार दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको हो ।

यस्ता छन् सम्झौताहरू

१. बौद्ध दर्शन अध्ययनका लागि डा.अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता

२. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।

३. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता

४. काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) बीच सहयोगको सम्झौता

५. नेपालको काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने

६. अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजुल जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए)बीच सम्झौता ।
यी सम्झौताबारे विस्तृत रुपमा खुलाइएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति