२२ वर्षकै उमेरमा गाउँपालिका अध्यक्ष बने राजाबाबु

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षीय युवाले अध्यक्ष जितेका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका २२ वर्षीय राजाबाबु यादव ४०८१ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २३९२ मत ल्याए ।

स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले १७०७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा माओवादीकी गीता देवीले ३५२३ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २६३७ मत ल्याएकी छन् ।

२०७४ सालको निर्वाचनमा यहाँबाट नेपाली कांग्रेस कृष्णप्रसाद बर्मा अध्यक्षमा निर्वाचित भएका थिए। गएको वर्ष असार २० गते उनको निधन भएको थियो।

अध्यक्षमा निर्वाचित यादव पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन्। उनी काठमाडौंमा बिबिएस पढिरहेका थिए। यसपालि उनलाई बुवा यादवले गाउँपालिका अध्यक्षको उम्मेदवारी दिलाएका थिए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board