दक्षिणकाली नगरपालिका प्रमुख-उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । कांग्रेसका मोहन बस्नेतले एमालेका श्रीराम आचार्यलाई दुई हजारभन्दा बढी मतले पराजित गरेका हुन् ।

बस्नेतले ७२०० मत ल्याए भने एमालेका आचार्यले ५२ सय मत पाएका छन् । नगरपालिकाको उपप्रमुखमा कांग्रेसकी बसन्ती तामाङ विजयी भएकी छन् । उनले ७६०० मत पाइन् । बस्नेत र तामाङ अघिल्लो निर्वाचनमा पनि विजयी भएका थिए ।

नगरपालिकामा कांग्रेसले गठबन्धन गरेको थियो । कांग्रेसले ६ वटा वडामा जितेको छ भने एमालेले दुई र माओवादी केन्द्रले वडा नम्बर ८ जितेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति