भोजपुरमा माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उठेका तामाङ विजयी


भोजपुर जेठ १
नेकपा माओवादी केन्द्रबाट टिकट नपाएका रामप्रसादराई गाउँपालिका(२ बाट स्वतन्त्र उम्मेदवार राजकुमार तामाङ भोजपुरको स्थानीय तहको मत गणनामा विजयी भएका छन्।

अघिल्लो स्थानीय तहमा सोहि वडामा माओवादी केन्द्रबाट तामाङ वडाध्यक्षमै निर्वाचित भएका थिए। पार्टिले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई छ। तामाङले माओवादी केन्द्रबाटै वडाध्यक्षको उम्मेदवार बनेका सन्जीव राईलाई ५८ मतले पछि पार्दै विजयी भएका हुन्। उनले कुल कुल २ सय ३४ मत ल्याएका थिए।

झिनो मतले वडाध्यक्ष निर्वाचित भोजपुरको टेम्केमैयुङ गाउँपालिका(१ मा १ मतले पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन्। एमालेबाट उम्मेदवार बनेका नर बहादुर राईले उनका निकटत्तम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका पेम्दोर्जी शेर्पालाई १ मतले हराउँदै पुनः दोश्रो कार्यकालका लागि निर्वाचित बनेका हुन्। उनले कुल ३ सय ६८ मत ल्याएका थिए।

त्यस्तै भोजपुर नगरपालिका(२ को मत परिणाम पनि त्यस्तै भएको छ। २ मतले पछि पार्दै उक्त वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका मनिराज राई निर्वाचित बनेका छन्। उनले निकटत्तम प्रतिद्धन्दी नेकपा एमालेका लेखराज राईलाई २ मतले हराउँदै निर्वाचित बनेका हुन्। राईले कुल ४ सय ४२ मत ल्याएका थिए।

२६ वडामा एमाले र कांग्रेसको बराबरी अग्रता, माओवादी १० वडामा विजयी स्थानीय तहको पछिल्लो मत गणनाअनुसार भोजपुरका ८१ वडामध्ये ३७ वडाको मत परिणाम निस्किएको छ। प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले समान १३ वडामा विजयी भएको छ। त्यसैगरी सत्तागठबन्धनकै माओवादी केन्द्रले १० वडा जितेको छ।

पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सत्तागठबन्धन, साल्पासिलिछो गाउँपालिका, पौवादुङमा गाउँपालिका, हतुवागढी गाउँपालिकामा नेकपा एमाले, आमचोक गाउँपालिकामा माओवादी केन्द्र र अरुण गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति