काठमाडौं–जेठ २
भक्तपुरको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ। नगर प्रमुख, उपप्रमुख र सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका हुन्।
यसअघि समेत मेयर रहेका सुनिल प्रजापति २९ हजार २५२ मत ल्याउँदै पुनस् मेयर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राम प्रसाद कासुला २५ हजार ८४५ मतको अन्तरले पछि परे।
कांग्रेसका उम्मेदवार कासुलाले ३ हजार ४०७ मत मात्रै ल्याए। यस्तै, नेकपा एमालेका उम्मेदवार रवीन्द्र लाछिमस्युले २ हजार ८४१ मत ल्याए भने स्वतन्त्र उम्मेदवार सत्य राम त्वायनाले २ हजार ३९९ मत ल्याए।
उपप्रमुखमा पनि नेमकिपाकै रजनी जोशी २९ हजार ७५९ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ मत ल्याइन्।
१० वटा वडा रहेको भक्तपुर नगरपालिकाका सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ को वडाध्यक्षमा श्याम कृष्ण खत्री, २ नम्बर वडाको वडाध्यक्षमा हरि प्रसाद बासुकला, ३ नम्बर वडाको वडाध्यक्षमा राजकृष्ण गोरा, ४ नम्बर वडाको वडाध्यक्षमा उपेन्द्र सुवाल निर्वाचित भएका छन्।
यस्तै, ५ नम्बर वडाको वडाध्यक्षमा योगेन्द्र मान बिजुक्छें, ६ नम्बर वडाको वडाध्यक्षमा हरि राम सुवाल, ७ नम्बर वडाको वडाध्यक्षमा उकेश कवां, ८ नम्बर वडाको वडाध्यक्षमा कृष्ण प्रसाद कोजू, ९ नम्बर वडाको वडाध्यषमा रविन्द्र ज्याख्व र १० नम्बर वडाको वडाध्यक्षमा लक्ष्मी प्रसाद हयौमिखा निर्वाचित भएका छन्।
प्रतिक्रिया