मोदीले भेटवार्ता गर्ने पवन इन्टरनेशनल होटलमा सञ्चारकर्मी र नेपाली सुरक्षाकर्मीलाई निषेध

लुम्बिनी २ जेठ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गर्ने होटेलबाट सञ्चारकर्मी र नेपाली सुरक्षाकर्मीलाई भारतीय सुरक्षाकर्मीले बाहिर निकालेका छन्। सुरक्षा संवेदलशिलता रहेको भन्दै उनीहरूलाई भारतीय सुरक्षाकर्मीले बाहिर निकालेका हुन्।

बिहान १० बजेर ५० मिनेटमा लुम्बिनी आइपुगेका मोदी अहिले मायादेवी मन्दिरमा पूजा सकेर होटेल गएका छन्। ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी आइपुगेका मोदी भर्खरै पवन इन्टरनेशनल होटेल पुगेका हुन्।

होटेलमा समाचार सङ्कलनमा खटिएका पत्रकार तथा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाका पिएसओ कोमल शाहलगायतलाई त्यहाँबाट निकालिएको हो। उद्योग वाणिज्य महासघंका अध्यक्ष शेखर गोल्छा पनि भित्र छिर्न पाएका छैनन्।

होटेलमा केही बेरपछि मोदी पुग्नेछन्। त्यहाँ दुवै देशको परराष्ट्रका अधिकारीसँग भेटवार्ता हुनेछ। त्यही होटेलमै प्रधानमन्त्री शेरबहादुर देउवासँग मोदीको द्विपक्षीय भेटवार्ता हुनेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति