काठमान्डौ जेठ २
बागलुङ । बागलुङका ३ पालिका र ४५ वटा वडाको नतिजा सार्वजनिक भएको छ । ४ नगरपालिका र ६ वटा गाउँपालिका रहेको बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका धन बहादुर बिक, हिमाल, र उपाध्यक्षमा कांग्रेसका भिम बहादुर रोका विजयी हुनुभएको छ । ताराखोला गाउँपालिकाको सबै वडामा माओवादी केन्द्र निर्वाचित भएको छ ।
गलकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका भरत शर्मा गैरे र उप–प्रमुखमा माओवादी केन्द्रका फमलाल निउरे निर्वाचित हुनुभएको छ । ११ वडा मध्ये नेपाली कांग्रेसले २, ३, ४, ५, ८,९ र १० नम्बर वडामा विजयी हासिल गरेको छ भने माओवादी केन्द्रले ६ र ७ नम्बर वडा, राष्ट्रिय जनमोर्चाले १ नम्बर वडा र ११ नम्बर वडा नेकपा एमालेले जितेको छ ।त्यस्तै तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसका जोकलाल बुढा र उपाध्यक्षमा काङ्ग्रेसकै हिरा कुमारी छन्त्याल विजयी हुनुभएको छ । ६ वटा वडा रहेको तमानखोलामा १, २, ४ नम्बर वडामा माओवादी केन्द्र विजयी भएको छ भने ३, ५ र ६ मा नेपाली कांग्रेस विजयी भएको छ ।
प्रतिक्रिया