चितवनको भरतपुर ३ मा एमालेका पाण्डे विजयी

भरतपुर महानगरपालिकाको वडा नम्बर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सो वडामा नेकपा एमालेका उम्मेद्वार विकास थापा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका भरत लामिछानेलाई पराजित गरेका हुन् ।

थापाले एक हजार ६६६ मत ल्याउँदा लामिछानेले एक हजार ४९ मत ल्याए । यो वडामा एमालेको पहिलो जित हो । यसअघिका सबै स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले नै जित्दै आएको थियो ।

यसअघि हिजो घोषणा भएको वडा नम्बर १ र २ मा कांग्रेसका उम्मेद्वारहरु वडाध्यक्षमा विजयी भएका थिए । ७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर–१ म कांग्रेस नै विजयी भएको थियो । यो पटक पनि कांग्रेसका केशव महर्जन विजयी भए । अघिल्लो पटक एमालेले जितेको भरतपुर–२ मा यो पटक नेपाली कांग्रेसका मनोज रानाभाट विजयी भएका छन् । भरतपुरमा २९ वटा वडाहरु छन् ।

भरतपुरमा एक लाख ८५ हजार मतदाता रहेकोमा एक लाख २७ हजारले मतदान गरेका छन् । वडा नम्बर ३ सम्म ११ हजार ३२८ मत गणना भएको छ । जसमा मेयर पदमा एमालेका उम्मेद्वार विजय सुवेदीले तीन हजार ९४४ मत ल्याएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेद्वार रहेकी माओवादी केन्द्रकी रेनु दाहालको तीन हजार ८९४ मत आएको छ । स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलको एक हजार ५७२ मत आएको छ ।

त्यसैगरी उपमेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार चित्रसेन अधिकारीको चार हजार ४७६ मत आएको छ । राप्रपाकी हिमला गुरुङको तीन हजार ७० मत आएको छ । एमालेले उमपेयरमा राप्रपाका उम्मेद्वारलाई समर्थन गरेको छ । भरतपुरमा चार नम्बर वडाको मत गणना सुरु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति