सर्लाहीको हरिपुरमा कांग्रेसका मेयर–उपमेयर दुबै विजयी

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पञ्जियार निर्वाचित भएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका सुनिल कुमार बुढाथोकीलाई ३ हजार ५१ मतले पछि पार्दै पञ्जियार विजयी भएका हुन्।

उनले ६ हजार ९ सय ३८ मत प्राप्त गर्दा बुढाथोकीले ३ हजार ८ सय ८७ मत पाएर विजयी भए।

उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन्। कांग्रेसकी नीलम राय यादव ५ हजार ५ सय ८३ मत ल्याएर निर्वाचित भएकी हुन्। उनले नेकपा एकीकृत समाजवादीकी शिला कार्कीले ४ हजार ७६ मत मात्रै ल्याइन्। तेस्रो भएकी माओवादी केन्द्रकी अनिता देवीले ३४९८ मत पाइन्।

यसअघि मेयर उपमेयर दुबैमा जित निकालेको एमाले यसपालि चौथो भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति