कैलाशमा गठबन्धनका मुक्तान र मल्ल विजयी

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर मुक्तान र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बालकुमार मल्ल विजयी भएका हुन् ।

अध्यक्षमा विजयी मुक्तानले चार हजार ८९७ मत प्राप्त गर्दै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरेन्द्रलाल रिजाललाई चार हजार ९३ मतले हराएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा विजयी मल्लले चार हजार ८८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सुकुमाया थिङले तीन हजार ९३७ मत प्राप्त गरिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति