दार्चुलामा हायस दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं, २ जेठ । दार्चुलामा सोमबार सवारी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार से १ ज २७७ नम्बरको हायस शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो। मृत्यु हुनेमा चालक प्रकाशसिंह धामी र सहचालक नविनसिंह धामी छन्।

अर्का मृतकको पहिचान खुल्न सकेको छैन। नेकपा एमालेको विजय जुलुसका लागि कार्यकर्ता लिन उल्लेनीबाट गोकुलेश्वर जाने क्रममा सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

‘हायस विजयी जुलुसका लागि कार्यकर्ता लिन गइरहेको रहेछ, दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ,’ प्रहरी निरीक्षक हिक्मतसिंह थापाले भने, ‘हायसमा तीन जना मात्रै सवार थिए।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति