पोखरामा १० हजार ५०० गणना, गठबन्धन साढे ३०० मतले अगाडि

पोखरा । पोखरा महानगरपालिकामा हालसम्म १० हजार ४९३ मत गणना सकिएको छ । मेयरमा गठबन्धनका धनराज आचार्यले साढे ३०० भन्दा बढी मतान्तरले लिड गरिरहेका छन् ।

उनले चार हजार १९१ मत पाउँदा एमालेका कृष्ण थापाले तीन हजार ८३० मत पाए । राप्रपाका शंकर खरालले ५४६ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २५० मत पाएका छन् ।

उपमेयरमा भने एमालेले अग्रता कायम राखेको छ । मञ्जुदेवी गुरुङले चार हजार ३८४ मत पाउँदा गठबन्धनकी कोपीला रानाभाटले ४ हजार २९८ मत पाएकी छिन् । राप्रपाकी रन्जना सेनको हालसम्म ५०८ मत आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति