कांग्रेस कर्णाली सभापतिको गृह वडामा माओवादी विजयी

  • दिलमाया शाही

जुम्ला । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृह वडामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । कांग्रेसको गढ मानिँदै आएको चन्दननाथ नगरपालिका–५ मा माओवादीका विर्ख कार्की वडाध्यक्ष बनेका हुन् ।

यो त्यही वडा हो, जहाँबाट प्रदेश सभापति शाही, पूर्वप्रदेश जलस्रोतमन्त्री दिनवन्धु श्रेष्ठले मतदान गरेका थिए ।

कार्की १६८ मतसहित वडाध्यक्षमा विजयी हुँदा कांग्रेसका नवराज श्रेष्ठ १४३ मतसहित तेस्रो भए । बरु टिकट नपाएपछि कांग्रेसबाट बिद्रोह गरेर बागी बनेका पूर्णप्रसाद श्रेष्ठले १४९ मतसहित दोस्रो बने ।

२०७४ को निर्वाचनमा पनि यहाँ कांग्रेसका उम्मेदवारलाई हराउँदै सोही पार्टीका बागी गोल्डेन कठायत वडाध्यक्ष बनेका थिए । तर, यो पटक भने माओवादी विजयी भएको हो ।

वडा सदस्यमा माओवादीका लक्ष्मी थापा (श्रेष्ठ) विजय भएकी छन् । श्रेष्ठले १५६ मत प्राप्त गरेकी छन् । हरिबहादुर भण्डारी (स्वतन्त्र), नामग्याल तामाङ (कांग्रेस) सदस्यमा र दलित महिला सदस्यमा काली सुनार एकीकृत समाजवादी विजयी भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board