सुवास नेम्वाङको पूर्वस्वकीय सचिवले जिते वडाध्यक्ष

इलाम । संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।

पूर्वपत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले नेपाली कांग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् ।

खनालले ९५० मत प्राप्त गर्दा योक्पादेनले ६०७ मत पाएका थिए । यस्तै, महिला सदस्यमा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सदस्यमा पनि एमालेकै रामप्रसाद लिम्बू, र लिला बहादुर राई निर्वाचित भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति