अछाममा भाइलाई हराउँदै दाजु बने पालिका अध्यक्ष

अछाम । अछामको बान्‍नीगढी जयगढ गाउँपालिकामा दाइले भाइलाई पराजित गरेका छन् । कांग्रेसका टेकबहादुर साउँदले एमालेका लोकबहादुर साउँदलाई ४९८ मतान्तरले पराजित गरेका हुन् ।

टेक ३ हजार ११२ मतसहित विजयी हुँदा लोकले २ हजार ६१४ मत मात्र पाए ।

बान्‍नीगढ–३ बर्दादेवी धारासैन घर भएका साउँद दाजुभाइ फरक–फरक पार्टीबाट उम्मेदवार बनेका थिए । एउटै खलकका उनीहरुका बुवा दाजुभाइ हुन् ।

टेक कांग्रेस अछामको पूर्वपार्टी सचिव हुन् भने एमाले बान्‍नीगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् ।

उपाध्यक्षमा भने एमालेकी बिन्दु रावल निर्वाचित भएकी छन् । रावल २ हजार ७३१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार निर्मला साउँदले २ हजार ७१७ मत पाइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति