पोखरामा गठबन्धन अगाडि, पछिपछि एमाले

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले मतान्तर झनै बढाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)बाट मेयरका उम्मेदवार धनराज आचार्यले २१३ मतान्तर बनाएका छन् । उनले ३ हजार ६६२ मत पाउँदा निकटतम् प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ३ हजार ४४९ मत पाएका छन् ।

मेयरमा राप्रपाका शंकर खरालले ३८१ तथा स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ११८ मत ल्याएका छन् ।

उपमेयरमा भने एमाले उम्मेदवारले अग्रता लिएकी छन् । एमालेकी मन्जु गुरुङले ३ हजार ७७२ मत ल्याउँदा कांग्रेसकी कोपिला रानाभाटले ३ हजार ६६७ मत पाइन् । यहाँको वडा नम्बर १ मा एमाले र २ मा कांग्रेस प्यानल विजयी भैसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति