मुड्केचुला गाउँपालिकामा माओवादीको जित 

जाजरकोट । मुड्केचुला गाउँपालिका अध्यक्षमा पुनः माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन् ।

उपाध्यक्षमा पनि माओवादीकै दूधाकुमारी रोकाय विजयी भएकी छन् ।

अध्यक्षमा शाहीले १ हजार ३०९ मत पाउँदा एमाले, कांग्रेस र एकीकृत समाजवादीका संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत मात्र पाए ।

रोकायले १ हजार ३३६ मतसहित उपाध्यक्षमा विजयी हुँदा एमाले उम्मेदवार सविताकुमारी रोकायले १ हजर १६५ मत मात्र पाइन् ।

माओवादीले २,३,४,५,६,७,८ र ९ मा जितेकाे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति