नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा !

नयाँ दिल्ली । विवाह गरेको ६ वर्षपछि पनि नातिनातिना नजन्माएको भन्दै भारतको उत्तराखण्डका एक दम्पतीले आफ्नो एक मात्र छोरा र बुहारीविरुद्ध मुद्दा हालेका छन् । ६१ वर्षीय सञ्जीव प्रसाद र ५७ वर्षीय साधना प्रसादले आफ्नो छोरालाई हुर्काउन, पाइलटको तालिम दिन र  भव्य विवाहको लागि आफ्नो बचत खर्च गरेको बताउँछन् । 

एक वर्षभित्र नातिनातिना नजन्माए छोरा बुहारीले क्षतिपूर्ति बापत ६ लाख ५० हजार अमेरिकी डलर दिनुपर्ने उनीहरुको माग छ । यस मामिलामा उनीहरूका छोरा बुहारीले कुनै टिप्पणी गरेका छैनन् । मानसिक उत्पिडनका कारण सो मुद्धा दायर भएको बताइएको छ । 

आफूले बचत गरेको सबै सम्पत्ति छोराका लागि खर्च गरेको सञ्जिब बताउँछन् । ६५ हजार डलर खर्चेर उनले छोरालाई सन् २००६ मा पाइलटको तालिमका लागि विदेश पठाएका थिए । 

तालिम सकेर छोरा सन् २००७ मा स्वदेश फर्किएका थिए, तर कुनै जागिर पाएनन् । त्यसपछि सञ्जिव परिबारले उनलाई दुई वर्षभन्दा बढी आर्थिक रूपमा सहयोग गरेको दी टाइम्स अफ इन्डियाले जनाएको छ । 

अन्ततः दुई वर्षभन्दा केही समयपछि ३५ वर्षीय श्रीय सागरले चालकको जागिर पाए । सन् २०१६ मा एक युवतीसँग छोराको विवाह गरिदिए । विवाहदेखि नै उनीहरूले छोराबुहारीबाट नातिनातिनाको अपेक्षा गरेका छन् । 

विवाहमा पाँच तारे होटलमा पार्टी आयोजना गरेको, ८० हजार डलरको सुविधासम्पन्न गाडि किनिदिएको र विदेशमा हनिमुन मनाउन खर्च दिएको समेत अभिभावकले बताएका छन् । 

‘छोराले विवाह गरेको ६ वर्ष भयो, तर पनि उनीहरूले सन्तानको कुनै योजना बनाएका छैनन्,’सञ्जिबले भने, ‘ कम्तिमा हामीले नातिनातिनासँग समय बिताउन पाए हाम्रो पीडा सहन्थ्यौँ । ’

मानसिक क्रूरताका कारण अभिभावकले पैसा मागेको उनका वकिलले बताएका छन् 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board