चितवन । भरतपुर महानगरपालिकाको मतपरिणाम रोचक बन्दै गएको छ ।
मेयरमा गठबन्धनका उम्मेदवार माओवादीका तर्फबाट रेनु दाहाल र एमालेका विजय सुवेदीको मत परिणाम थोरै अंकले मात्र थपघट हुँदै आएका छन् ।
अहिले भरतपुर ३ को मतगणना भइरहेको छ । बिहान ६ः५० बजेको मत परिणाम अनुसार दाहाल ३ मतले सुवेदीलाई उछिनेका छन् ।
दाहालको ३५७८ मत छ भने सुवेदीको ३५७५ मत छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १३६० छ ।
त्यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ४०४३ र राप्रपाकी हिमला गुरुङको २८१६ मत छ ।
प्रतिक्रिया