कमलबजारकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

अछाम । अछामकाे कमलबजार नगरपालिका मेयरमा कांग्रेसका यज्ञप्रसाद ढकाल विजयी भएका छन् । उपमेयरमा एमालेका शारदा विष्ट कुँवर विजयी भएकी छन् ।

ढकाल ४ हजार २ सय २८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका कटक साउदले ४ हजार ६५ पाए ।

विष्ट ४ हजार ५ सय २८ मतसहित उपमेयर बन्दा कांग्रेसकी गौरी विष्ट भण्डारीले ३ हजार ६ सय ४८ मत प्राप्त गरिन् ।

सात वटा वडामा एमालेले जितेकाे छ भने दुई वटा वडामा कांग्रेस विजयी भएकाे छ । एउटा वडमा स्वतन्त्र उम्मेदवार भक्तबहादुर बोहरा विजयी भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति