भोजपुरको साल्पासिलिछोमा एमालेका बागी उम्मेदवारले जिते

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा बागी उम्मेदवार दौलथ कुलुङ विजयी भएका छन् ।

एमालेबाट टिकट नपाएपछि विद्रोह गरी उम्मेदवारी दिएका दौलथले २४ मतान्तरका साथ जितेका हुन् । उनले १८१४ मत ल्याउँदा नेपाली कांग्रेसका महेश राई १७८६ मतमा रोकिए ।

यहाँ एमालेका उम्मेदवार शान्तिबहादुर अधिकारीले १३८३ मत ल्याए । उपाध्यक्षमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ १८६२ मत ल्याएर विजयी भएकी छिन् ।

यसअघिको चुनावमा यस पालिकामा नेपाली कांग्रेसबाट महेश राईले जितेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति