एमालेका प्रचार विभाग उपप्रमुख रिजालको गृह पालिकामा कांग्रेस विजयी

सुर्खेत । नेकपा (एमाले)का प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिका दैलेखको भैरवीमा कांग्रेसले एमालेको गढ भत्काएको छ ।

त्यहाँ पालिकाको अध्यक्षमा कांग्रेसकी रिताकुमारी शाहीले ३ हजार ९७६ मत ल्याएर विजयी भएकी छन् भने उपाध्यक्षमा पनि कांग्रेसकै देवी भण्डारीले ३ हजार ३७४ मत ल्याएर विजयी भएका छन् ।

एमालेबाट अध्यक्षमा सर्वराज महताराले ३ हजार ९६० मत ल्याएर पराजित हुन पुगे भने उपाध्यक्षमा एमालेले ३ हजार २२७ मत पाएको छ । एमालेबाट उपाध्यक्ष लडेकी पदमकुमारी विष्ट २०७४ मा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति