काठमाडौं १ को वडाध्यक्षमा एमालेका श्रेष्ठ निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेले जितको सुरुवात गरेको छ । वडा नम्बर १ को वडाध्यक्षमा भरतलाल निर्वाचित भएका छन् ।

उनी ६२२ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याएका छन् ।

लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४४१ मत पाएका छन् भने राप्रपाका किरोजमान डंगोलले २२८, माओवादी केन्द्रका २८ र एकीकृत समाजवादीका पुष्पकाजी श्रेष्ठले २६ मत पाएका छन् ।

खुला वडा सदस्यमा कांग्रेसका रोशन श्रेष्ठ र शुभरत्न नेपाली, महिला सदस्यमा एमालेकी रसला तण्डुकार र दलित महिला सदस्यमा कांग्रेसकी मिना सुनार निर्वाचित भएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति